२०७७ चैत्र ३० , सोमवार

कृषि विकास बैंकको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं – कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

साथै, समितिको बैठकले नेपाल सरकारको हाल कायम भएकाे फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितकाे उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंककाे अागामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।