२०७८ बैशाख ८ , बुधवार

चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनीको २०% लाभांश सुरक्षित गर्ने आज आइतबार (मंसिर २८ गते) अन्तिम दिन हो । कम्पनीले पुस १२ गते बस्ने साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि बुक क्लोज गर्दैछ । कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

 

यसले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट बिहान ११ बजे सुरु हुनेछ ।