२०७८ बैशाख ३ , शुक्रवार

पूर्वकप्तान खड्का कोरोना भाइरस संक्रमित

सुनाखरी न्युज/ काठमाडौँ —

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफू कोरोनाबाट संक्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

पूर्वकप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । आजै उनमा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वकप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन् ।
रासस