२०७८ बैशाख ८ , बुधवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत बीच शिष्टाचार भेट

सुनाखरी न्युज/ काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भयो। उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।

 

अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड 19 महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। उक्त भेटमा महामहिम राजदूतले सन् 2021 देखि 2024 सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउनु भयो। महामहिम राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताउनुभयो।