२०७७ चैत्र ३० , सोमवार

आज नेपाली बजारमा सुनको मूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।