२०७८ बैशाख ४ , शनिवार

इन्स्योरेन्स कम्पनीको ६० करोडको आईपीओ आउँदै, प्रभु लाइफ इन्स्योरेन्सको २९ गतेदेखि

सुनाखरी न्युज/ काठमाडौं-
इन्स्योरेन्स कम्पनीको ६० करोडको आईपीओ आउँदै छ ।  आईपीओमा लगानी गर्न चाहानेहरुको लागि अवसर प्रदान भएको छ । यहि मंसिर २९ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । उक्त ६० लाख कित्ता मध्येको ४५ लाख कित्ता आईपीओमा सर्वसाधरणले १०० रुपैयाँदरमा न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बाँकी सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ। उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।