२०७७ चैत्र ३० , सोमवार

काठमाडौं–दिल्ली उडान खुल्ला, दुई देशका सरकारी एयरलाइन्समात्र उड्ने

NAC#

सुनाखरी न्युज/ काठमाडौं-

नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् ।

नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी एयर बबल स्किममा सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । भारतले उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा स्वयं एयरलाइन्सलाई दिइएको छ ।