२०७८ बैशाख ८ , बुधवार

शस्त्रास्त्रकाे वर्णन

गाेपी ढकाल – प्राचीन अद्वितीय ग्रन्थ महाभारतमा उल्लेख शस्त्रास्त्रकाे वर्णन बारे आज अलिकति लेख्दैछु … जुन वर्णनले आणविक बमकाे संरचना सित सादृष्य राखेकाे छ । महाभारतकाे मुसल पर्वमा यस्ताे वज्रकाे वर्णन छ … जसलाई उक्त ग्रन्थले ” दैत्याकाय मृत्युदूत ” भनेकाे छ । त्याे शस्त्रास्त्रकाे प्रहारले समस्त सेनालाई खरानी बनाई दियाे भने बांच्ने हरूकाे पनि केश र नङ झर्ने बनाई दियाे भनेकाे छ ।

 

त्याे अस्त्रकाे आवाजले मात्र कुनै कारण बेगर नै टाढा टाढा सम्मका माटाका भांडाकुंडा आफैं फुटाई दियाे । आसपासकाे रूखमा बस्ने काग लगायतका सबै काला चराहरू समेत सेता भए भने सबै खाद्य पदार्थ हरू विषादियुक्त भएका थिए । यस्ताे प्राचीन ग्रन्थ पढेपछि हिराेसिमामा खसालेकाे एटम बमकाे दारूण चित्र मस्तिष्कमा आउने गर्छ । यसै बाट बुझ्नु पर्दछ कि एउटा महान धार्मिक ग्रन्थमा पदार्थ सहित आणविक संरचना बारे उल्लेख तथ्य बाट पछि विकास भएका आणविक भाैतिकी विज्ञान कुनै नयाँ हाेइनन भन्ने परिकल्पना लाई पुष्टि गरेकाे छ । त्यसैले पश्चिमा हरूकाे उच्चतम दर्शन हरू वेदान्त दर्शनका तुलनामा एउटा निस्तेज फिलिङ्गाे जस्ताे मात्र हाे ।

 

किनकि याे चैतन्य हिमवत्खण्डकाे हाम्राे आफ्नै आगनमा निर्मित महान सत्य हाे । त्यसरी सिङ्गो मानव जीवनमा पुग्ने गरि बनाइएकाे सनातन धर्मकाे ज्ञानराशी लाई पश्चिमा हरूकाे कुनै पनि अंश संग तुलना गर्न प्रयाप्त ठानिदैन । किनकि सहिष्णुता र सार्वभौम संस्कृतिको जननी मात्र नभएर आध्यात्मिक सत्यकाे संचित काेष भनेकाे नै वेद भएकाले त्यस्ताे प्रज्ञान विषय लाई विज्ञान संग तुलना गर्न मिल्दैन । प्राकृतिक नियमकाे पालना संग जाेडिएर आएकाे सनातन धर्म र यस संग सम्बन्धित दर्शनका ज्ञानराशी हरू …. आफैंमा चिन्तनमय , शान्तिकामी , सुखपूर्ण र अभित्रासक छन ।

 

त्यस भित्रकाे बिम्बमा चरित्र छ , भावपूर्ण छ , परिपूर्णता छ , विनयशील छ , सीमाहीन छ , अनुकम्पा छ , अगम्य शक्ति र अविच्छिन्न शान्ति पनि छ । त्यति मात्र हाेइन सनातन दर्शनका ज्ञानराशी भित्र करूणा छ , माधुर्य छ , निर्मल छ, भातृत्व छ , अभिलाषा छ , सान्त्वना छ, सत्य र सदाचार छ अनि दया, प्रेम र करूणा पनि छ । त्यसैले एउटै परिवारकाे सदस्य जस्तै सबै मिलेर बस्नु पर्छ भन्दै सनातन दर्शनले ….. वसुधैव कुटुम्वकम भनेकाे छ ।