२०७८ बैशाख ४ , शनिवार

प्रभु बैंक डिबेञ्चर–२०८७ को लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल

सुनाखरी न्युज/ काठमाडौं-
प्रभु बैंक लि. ले १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिकालागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशनगर्नको लागि मेगा क्यापिटल मार्केट्स लि.लाई निष्काशन तथा विक्रीप्रबन्धकको रुपमा नियुक्तीगर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामाप्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्पmबाट प्रमुखकार्यकारी अधिकृत सुदयकान्तझाले हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याजभुक्तानीहुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामकऋणपत्र सार्वजनिक निष्काशनगर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबर बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशनगर्न लागेको हो । मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्रीप्रबन्धकत्वमा निकट भविष्यमा निष्काशनहुनलागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमापनिमेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्तगर्ने सम्बन्धी सम्झौतापनिआजै हस्ताक्षर भएको छ । नेपालधितोपत्रबोर्डबाट आवश्यक स्वीकृतिप्राप्तभएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।