२०७८ बैशाख ८ , बुधवार

धादिङ अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

सुनाखरी न्युज/ धादिङ – धादिङ अस्पतालमा एक महिलाले तिम्ल्याह शिशुलाई जन्म दिनुभएको छ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ बर्षिय महिलाले तीन छोरीलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । २५ सय, १८ सय र १५ सय ग्रामका तिम्ल्याह छोरीहरुलाई जन्म दिइएको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।

महिलाको शल्यक्रियाद्वारा बच्चा जन्माइएको थियो । शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश आचार्य, डा.सबिन भण्डारी, स्वास्थ्यकर्मी लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा, एस्तर तामाङ, सरस्वती मल्ल लगायतको समूहले शल्यक्रियामा सहयोग गर्नुभएको हो ।