२०७८ बैशाख ८ , बुधवार

आज पनि घट्यो सुनको मूल्य

gold_down

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । मंगलबार पनि तोलामा ७ सयले घटेको थियो ।

 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।