२०७८ बैशाख ४ , शनिवार

रसियन व्यापारीक प्रतिनिधिमण्डल र नेपाल चेम्बर बीच ब्यापारीक भेटघाट

सुनाखरी न्युज/ काठमाडौँ – रसियन फेडरेशका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभ (Vladislav Dmitriev) को प्रतिनिधिमण्डलले नेपाल चेम्बर अफ कमर्सको कार्यालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चेम्बर पदाधिकारी संग भेटघाट भयो । सो अवसरमा नेपालका लागी रुसका महामहिम राजदुत अलेकसेइ नेइकोभ  (Aleksei Novikouv) ले हालको रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण कोभिड पश्यात भएको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।

 

व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभ (Dmitriev) ले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी विशाल रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै सो भ्याक्सिनको नेपालमा पनि प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था हुन यो भ्रमण गरिएको उल्लेख गर्दै नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुक बीच सहकार्य गर्नु ठूलो संभावना रहेको बताउँदै विभिन्न परियोजना खासगरी पूर्वाधारमा, रेल्वे सेवामा, मेट्रो सेवामा र अटोमोबाईलमा दुई मुलुकबीच सहयोग र सद्भावको प्रर्याप्त संभावना रहेको बताए । यसको साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपाल संग कृषि क्षेत्रमा “फिजियोलोजीको” बारेमा सहयोगका प्रारम्भिक चरणको कार्य भइरहेको बताउँदै यसको क्षेत्रमा नेपाल एउटा पुलको काम दुई ठूला मुलुकको बीचमा गर्न सक्ने बताए । पर्यटन र खासगर ि नेपालमा आयुवेर्दको परापूर्वककाल देखि प्रयोग भइरहेको र रुसमा प्रविधि प्रर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकाशमा सहकार्य गर्न ब्यवसायीलाई आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिनु पर्ने बताए । पर्यटन प्रवद्र्धन र व्यवसायकि प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने आवश्यकतामा रुसी ब्यापारीका प्रतिनिधीमण्डलका प्रमुखले जोड दिए ।

 

सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारीक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसि व्यक्त गर्दै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँदै ती भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका खेल्न तयार रहेको बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोतमा रुसी लगानीको साथै ४०० के.भी. ट्रान्समिसन लाईनमा समेत लगानी आउने आशा एवं विश्वास व्यक्त गरे । विगतमा रुस संग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट प्रर्याप्त प्रवद्र्धन गर्न सिधा हवाई सम्पर्क हुनुपर्ने बताउदै नेपाल जडिबुटी र आयुवेर्दको जननी मुलुक नेपाल भएकोले स्वास्थय उपचारका लागी नेपालको जडिबुटी र रुसको प्रविधीको प्रयोग गर्नुपर्ने बताए । साथै, नेपालमा रुसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङ संग वा अन्य निकाय संग समेत वि टु वि
वैठक गरी सो कार्य गर्न सकिने समेत बताए ।

 

साथै, खनीज तथा खनीजजन्य वस्तुको उत्खनन, आपसी ब्यापार र लगानीको लागी समेत नेपाल अल्पविकसित मुलक भएकोले र विकाशोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुदा हाल सम्म अमेरिका, अस्ट्रेलिया र यूरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणली जि.एस.पी. र एभीथ्रिङ्ग बट आर्म अन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाईदा लिन रुसी लगानीकर्ताहरुलाई आग्रह र अनुरोध गरे ।साथै दुई मुलुकमा हुने ब्यापर भेला तथा प्रर्दशनीमा सहभागीतामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए । सो अवसरमा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष, युथ चेम्बरका अध्यक्ष ,पर्यटन समितिका सभापति,सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति , नेपाल चीन व्यापार प्रवद्र्धन समिति सभापति , वाणिज्य समितिका सभापति ञञञञर का.स.हरुको उपस्थिति सामाजिक दुरी र सरकारबाट तोकिएको स्वास्थ्य प्रोटोकल कायम गरी सिमित रुपमा गरिएको थियो ।