२०७८ बैशाख ३ , शुक्रवार

नेपाली बजारमा स्मार्टफोन वानप्लस रिलन्च हुने

सुनाखरी न्युज/ काठमाडौँ – स्मार्टफोन वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो । वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा लिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् । जसमध्ये वानप्लस नर्ड एन१० ५जी, वानप्लस नर्ड ५जी र वानप्लस ८ प्रो हुन् । जसको मूल्य क्रमशः ३४ हजार ४९९ रूपैयाँ, ६३ हजार ९९९ रूपैयाँ र एक लाख २५ हजार ९९९ रूपैयाँ रहेको छ ।

 

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ । नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज् प्रालिलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजिज्को देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

 

२०७७ साल मंसिर २४ गतेबाट प्रि-बुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज्प्रा. लि. ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि-बुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् । अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि(बुकिङ्ग गर्न सकिनेछ । यसरी प्रि-बुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।