२०७८ बैशाख ८ , बुधवार

मङ्सिर २८ गते राप्रपाले नुवाकोटको बिदुरमा वृहत प्रदर्शन गर्ने

सुनाखरी न्युज/ काठमाडौँ – राजा सहितको प्रजातन्त्रको माग गर्दै राप्रपा नुवाकोट जन संघर्ष समितिले बिदुर वाट जुलुस सुरु गरि वट्टारमा प्रदर्शन गर्ने भएको छ । कस‌ैले रोक्नै नसक्ने राजसंस्था सहितको हिन्दुराष्ट्र पुनःस्थापना पछि फेरि पनि सवैको अस्तित्व लाई स्विकार्दै सहमति र सहकार्यका साथ राप्रपा अगाडि वढनु पर्ने राप्रपा को सोच हो।

 

हिन्दुराष्ट्र, राजसंस्था र राप्रपा विच अन्नयोश्रित सम्वन्ध रहिआएको कारण देशभरि नै उठिरहेको माग लाइ राप्रपाले आत्मसाथ गरेको र यसलाइ अव निश्कर्षमा पुराउने राप्रपा नेता जनकराज वताउछन। नुवाकोटमा हामिले आयोजना गरेको प्रदर्शन सभ्य र भव्य रहने वताउदै विषेश रुपमा यो ऐतिहासिक जिल्लामा ठुलो संख्यामा युवाहरु को प्रदर्शनी मा साथ रहने राप्रपा युवा नेता दिपक राइ वताउछन। राप्रपाले प्रतेक गाउपालिका मा आफ्ना कमिटि हरु लाइ २८ गते सहभागि हुन सुचना गरिसकेको छ। यो प्रदर्शनीले भ्रष्टाचारी हरुको मुटु काप्ने दावि गर्छन युवक अध्यक्ष फणिराज लोहनी राजु राप्रपा नुवाकोट अध्यक्ष कुल वा.खडगि हाम्रो आव्हानमा कार्यक्रम भएपनि सवै देशभक्त र राष्ट्रवादी हरुको सो प्रदर्शनीमा भव्य उपस्थित रहने दावि गर्छन।

 

करिव ३ हजार जनसमुदाय ले भाग लिने २८ गतेको प्रदर्शनी को तयारि करिव अन्तिम अवस्था मा रहेको र २६ गते सम्म कार्यक्रम को विस्तृत खाका सार्वजनिक गरिने राप्रपा नेता झनक प्याकुरेल वताउछन। उनि भन्छन अव मुलुक जोगाउने एक मात्र विकल्प भनेको राजा सहितको प्रजातन्त्र र हिन्नु राष्ट्र नै हो। भ्रष्टाचारले थिलथिलो वनाएको वर्तमान लाइ विष्लेषण गर्दै युवाहरुले शशक्त आवाज नउठाउने हो भने भोलिका दिनमा पछुताउनु को विकल्प रहन्न त्यसैले उनि को दावि छ यो प्रदर्शनमा को कुन पार्टीको रहन्छ त्यो विषय हैन आयोजना मात्र राप्रपाले गरेको हो यसमा सव‌ै दलको साथ रहने उनि वताउछन। असंगठित शक्ति, वा विभिन्न नाममा मुलुकको लामो राजनीतिक इतिहासमा आफुलाई इमानदारी पुर्वक उभ्याउन सफल पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्व गरिरहेको यो पार्टीले आन्दोलन लाइ निष्कर्षमा पुरायरनै छोडने राप्रपा नेता अण वा. प्याकुरेलको दावि छ।

 

अहिले देशमा उठिरहेको जनआवज लाई वेलैमा सम्वोधन गरेर अवतरण गराउन सकेन भने सरकार त केहि हैन व्यवस्था नै परिवर्तन हुन्छ । यहि संविधानले दिन सक्ने हिन्दु राष्ट्र र राजसंस्था लाई वेवास्था गरियो भने भोलि व्यवस्था गएपछि पछुताउनु पर्ने निश्चित छ। राप्रपाको एकताको जग बलियो बनाउँदै राष्ट्रको अगाडी प्रजातन्त्रको नाममा देखिएको अधिनायकबाद, अराजकता, भ्रस्टाचार, दुराचार, र लुटतन्त्रको बिरोध तथा नेपाली जनताको गास, बास, कपास, स्वास्थ, शिक्षा, रोजगारी तथा सुरक्षाको लागि एकचित्त भएर लाग्नु आगामी दिनको मूल चुनौती छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित दिउँसो ११ बजे बिदुरचोक पिपलबोटमा प्रदर्शन गर्ने बृहत कार्यक्रम तय भएको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।