२०७७ चैत्र ३१ , मंगलबार

मोरङमा शिक्षकको हत्या

सुनाखरी न्युज/काठमाडौँ – मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए ।

 

उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।