२०७८ बैशाख ८ , बुधवार

ह्वात्तै बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/काठमाडौँ – साताको पहिलो दिनदेखि नै घट्न थालेको सुनचाँदीको मुल्य आज भने प्रतितोला १ हजार ५ सय रुपियाँ बढेको छ । आइतबार २ सय रुपियाँ र हिजो सोमबार १ सय रुपियाँ घटेको सुनको मूल्य आज ह्वात्तै बढेको हो । आइतबार स्थिर र हिजो सोमबार ५ रुपियाँ घटेको चाँदीको मूल्य आज भने प्रतितोला ३० रुपियाँ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

 

हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ५ रुपियाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा २ दिनदेखि ओरालो लागेको सुनचाँदीको मूल्य आज आकाशिएपछि त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।