२०७७ चैत्र ३० , सोमवार

२४ घण्टामा सोमबार थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा  थपिए ४४२ जना संक्रमित

सुनाखरी न्युज/काठमाडौँ — २४ घण्टामा १ हजार ६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सोमबार थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित पुष्टि हुनेमा १८८ जना महिला र २५४ पुरुष रहेका छन् ।

काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार १४ जना रहेका छन् । यस्तै, सोमबार कोरोनाबाट १ हजार ६ सय २८ जना निको भएका छन् । कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।