२०७८ बैशाख ३ , शुक्रवार

शेयर बजारमा हरियाली, ७२.२८ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो ।

 

आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।