२०७७ चैत्र २९ , आइतवार

राप्रपाद्वारा झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण

सुनाखरी न्युज/ काठमाडौं – राप्रपा एकतापछि आपसी सहमतिमा निर्धारण गरिएको पार्टीको झण्डा र चुनाव चिन्ह आज औपचारिक रुपमा झण्डोत्तोलन र अनावरण भएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनीबाट चुनाव चिन्ह हलो को अनावरण एवम् वरिष्ठ नेता पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट झण्डोत्तोलन सम्पन्न भएको हो ।

 

पटक–पटक फुटजुटको शृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणको ८ महिनापछि गाई अंकित झन्डाको झन्डोत्तोलन र चुनाब चिन्ह हलोको अनावरण गरेको छ ।  एकताले निरन्तरता सहित को गतिसिलताको सिद्धान्तमा अडेर राजसंस्था सहितको उदार प्रजातन्त्र तथा सनातन धर्म हिन्दु राष्ट्र नेपालको पहिचान कायम गर्न प्रेरणा दिने विश्वास राप्रपा पार्टीको छ।

 

अबको राप्रपाको एकताको जग बलियो बनाउँदै राष्ट्रको अगाडी प्रजातन्त्रको नाममा देखिएको अधिनायकबाद, अराजकता, भ्रस्टाचार, दुराचार, र लुटतन्त्रको बिरोध तथा नेपाली जनताको गास, बास , कपास, स्वास्थ, शिक्षा, रोजगारी तथा सुरक्षाको लागि एकचित्त भएर लाग्नु आगामी दिनको मूल चुनौती छ । गत फाल्गुणमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकता भएको थियो ।