२०७८ बैशाख ४ , शनिवार

नेपालको हवाई उडानलाई कालो सूचिबाट हटाउने इयूको संकेत स्वागतयोग्यः पर्यटनमन्त्री भट्टराई

सुनाखरी न्युज/ काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ईयूले नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य भएको बताएका छन् । युरोपियन युनियन संघले अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपाललाई कालोसूचिबाट हटाउने संकेत दिएको थियो ।

 

सोमबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईलइयूले जारी गरेको विज्ञप्ति स्वागतयोग्य भएको बताएका हुन् । पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्मा छलफल भइरहेको छ । संसद्बाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।

 

उनले नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताए । युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेका कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।