२०७८ बैशाख ३ , शुक्रवार

झुठा अफवाह फैलाई ठगी गर्न खोजेको अभियोगमा २ जना पक्राउ

सुनाखरी न्युज/ ललितपुर – धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभलालचमा पारी ठगी गर्न खोजेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा काठमाडौं मिलनचोक बस्ने मकवानपुर मनहरी गाउँपालिका-७ ज्यामिरे घर भएका ४५ वर्षीय जिवन प्रजा र काठमाडौं धुमबाराही बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१२ घर भएका ४३ वर्षीय जय गिरी रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।