२०७८ बैशाख ४ , शनिवार

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले थप नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

 

अब ललितपुरको एकान्तकुना स्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलै संग भुक्तानी गर्न सक्नेछन् । करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।