२०७७ चैत्र ३० , सोमवार

सेयर बजारमा पहिरो : नेप्सेमा नेगेटिभ सर्किट, आजका लागि कारोबार स्थगित

सुनाखरी न्युज/ काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । २ बजेर १३ सिनेट बित्दा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको हो । पछिल्लो समय लगातार बढिरहेको सेयर बजारमा आइतबार एकाएक फरक रंग छाएको हो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्ने संकेत गरेपछि सेयर बजारका लगानीकर्ता असन्तुष्ट छन् ।

 

आइतबारको कारोबारमा १ करोड ५४ लाख कित्ता सेयर ७ अर्ब २० करोड रुपैयाँमा किनबेच भए । नेप्से १२३.३४ अंकले घटेर १९३२.११ अंकमा कायम भएको छ ।