२०७७ चैत्र ३० , सोमवार

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, अध्यक्ष ओली अनुपस्थित

सुनाखरी न्युज/ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुहुन्न । प्रधानमन्त्री ओली उपस्थित हुने भनेर सुरक्षा व्यवस्था कडा पारिए पनि उपस्थित हुनुभएन ।

 

कोरोनाको जोखिम रहेको र राजनीतिक दस्तावेज पनि तयार नभएको भन्दै ओली सहभागी नभएको बुझिएको छ । केन्द्रीय कार्यालय धुम्बाराही वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।