२०७८ बैशाख ४ , शनिवार

घट्यो सुनको मूल्य

gold_down

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।