२०७८ बैशाख ३ , शुक्रवार

दुष्कर्म गर्नेलाई इतिहासले पाता फर्काएर घिसार्छ 

गोपी ढकाल – मान्छे मरेपछि सासले छोड्छ तर इतिहासले भने निर्मम बनेर कसैलाई पनि नछोड्ने रहेछ । किनकि मान्छे मरेपछि उसको सासले घिसार्ने होइन छोडेर हिड्छ किन्तु जीवित रहदा पनि उसको जवानी  यौवन  ले छोड्छ । मान्छेलाई रूपले छोड्छ , पराक्रमले छोड्छ , ज्ञानले छोड्छ र स्मरण शक्तिले पनि छोड्छ । त्यस्तै सम्पत्तिले छोड्छ , बैभवले छोड्छ भने सत्ता र शक्तिले छोडेपछि इराकका शक्तिशाली शासक भएर पनि सद्दाम हुसेनले मूसाले झैं दूलोमा लुक्दा लुक्दै पनि मारिनु पर्दा उनको सासले छोड्यो भन्ने बुझ्नु पर्छ ।

 

इतिहास भनेको कहिल्यै नछोड्ने निर्मम हुदो रहेछ । त्यसैले दशकौं शताब्दी अघिका धोकेवाज मिरजाफर , १६ औं शताब्दीका गद्दार जयचन्द र आजभन्दा ४६ बर्ष अघि स्वतन्त्र राष्ट्र सिक्किम लाई भारतमा विलय गराउने राष्ट्रघाती काजी लेण्डुप दोर्जे लाई आजसम्म पनि इतिहासले छोडेको छैन । झण्डै दशकौं शताब्दी अघि भारतमा लोधी वंशका राजा इव्राहिम लोधीका सहोदर भाई तथा उनका प्रधान सेनापती मिरजाफर ले आफ्नै दाजु र देश लाई धोका दिदै मुगलको मतियार बने । उनले आफु सर्व सेनापती सहित केही राज्यको राजा बन्न पाउने लोभमा घात गरि दाजु इव्राहिम लाई मराएर मुगल राज्य बनाउना साथ तिनै मुगल सेना द्वारा उनि पनि मारिएका थिए । त्यसरी मिरजाफर मारिए तर दशौं शताब्दी पछि समेत धोकेबाज भन्दै इतिहासले छोडेको छैन । त्यस्तै अन्दाजी १६ औं शताब्दीमा मुगल वंशीय राजाका अति विश्वास पात्र जयचन्द ले पनि इष्ट इन्डिया कम्पनीको मतियार बनेर मुगल शासनको अन्त्य गराउन र भारत बर्षमा शासन गराउन सात समुन्द्र पर बाट आएका अङ्ग्रेज लाई साथ दिएका थिए । त्यसैले उनलाई पनि गद्दार करार गर्दै इतिहासले छोड्न सकेन ।

 

त्यसैगरी आजभन्दा ४६ बर्ष अघि गणतन्त्रका लागि भन्दै सिक्किमका राजा पाल्देन थन्डुप नाम्ग्याल लाई गद्दीच्युत गरि स्वतन्त्र राष्ट्र सिक्किमको अस्तित्व समाप्त गराई भारतमा विलय गराउने काजी लेण्डुप दोर्जे पछि भागेर दिल्लीको पहाडगञ्जमा लुकेर बसे तर तिनलाई आजसम्म पनि राष्ट्रघाती भन्दै विश्वकै इतिहासले घिसार्न छोडेको छैन । त्यसैले सत्कर्म गर्ने हरूको नाम गौरवगानका साथ स्वर्ण अक्षरमा लेख्दो रहेछ भने दुष्कर्म गर्नेहरू लाई इतिहासले पाता फर्काएर घिसार्दो रहेछ भन्ने कुरा मिरजाफर , जयचन्द र लेण्डुप दोर्जेको अवस्था बाट पाठ सिक्नु पर्दछ । भन्न खोजेको तात्पर्य भनेको वर्तमान पद्धति विरूद्व राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा नागरिक हरू स्वस्फूर्त सडकमा उत्रिएका छन र यो युगिन माग पनि हो । यसका लागि राम्रो काम जसले गर्दा पनि साथ , सहयोग र समर्थन गर्नु पर्दछ । किनकि विदेशीको उक्साहटमा जङ्गल बाट स्याउला लिएर जबर्जस्त निकालिएका जनता माथि गोली चलाउनु भन्दा जनताको नासो जनता लाइनै फिर्ता गर्ने घोषणा गर्दै श्रीपेज सहितको दरबार छोडी नागार्जुन जङ्गलमा गएर बस्ने राजा लाई आज इतिहासले साथ दियो । त्यसैकारण राजसंस्था पुनर्स्थापनाको माग राख्दै जनताहरू स्वस्फूर्त रूपमा सडक उत्रिएका हुन ।

 

यसरी जनता सडकमा उत्रिएको देखेर हिजो मेरो बाउले घ्यू खाएका थिए । मेरो हात सुङ ( सुङ । भन्दै हिजो जे थियो आजपनि हुनु पर्दछ भन्दै अलाप गर्नुको अब कुनै अर्थ हुदैन । किनकि स्वर्ण अक्षरमा नाम लेखिने थियो तर भरोसा बाट चिप्लिए पछि ूगाडी बाट मात्र होइन । धरहरा बाट हाम फाले पनिू इतिहासले घिसारेको मान्छेलाई पछि इन्द्रेको बाउ चन्द्रे आएर महादेवले सतीदेवीको लास कांधमा बोकेर हिडेझैं बोके पनि त्यो सम्भव हुदैन । अतस् मनमा खोट र नियतमा खराबी बोकेर सबै ठाउँमा आफैं पुग्नु पर्दछ र आफ्नै नाम आउनु पर्दछ भन्ने दरिद्र मानसिकता कसैबाट देखाइयो भने त्यसले आन्दोलन लाई उत्कर्षमा पुर्‍याइ मिसनका लागि लक्ष्य चुम्न सहयोग पुर्‍याउने होइन ।।। बरू आन्दोलन बिथोल्दै तुहाउने काम बाहेक त्यसलाई अन्यथा भन्न मिल्दैन ।