२०७७ माघ ७ , बुधवार

विन्ध्यवासिनी मा.वि.मा शिक्षक अभिभावक संघ गठन

शिशिर पौडेल/पोखरा – पोखरा १६ बाटुलेचौर स्थित विन्धवासिनी मा विमा भएको अभिभावकहरू को भेलाले भिमप्रसाद पौडेल को अध्यक्षतामा ६ सदस्य शिक्षक अभिभावक संघ को गठन गरेको छ । विध्यालय मा आज भएको भेलाले समितिको सदस्य मा गिता रेग्मी, विस्णुकुमारी अयाल, शोभा पौडेल, बलराम थापा र ढाकामोहन अधिकारी लाइ चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अधिकारी थापा को अध्यक्षतामा भएको भेलामा बोल्दै अध्यक्ष चन्द्र अधिकारी थापा ले विद्यालय को भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षा का लागि सबै पक्ष को भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

 

सँघका निवर्तमान अध्यक्ष शिवराम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बञ्जारा, विद्यालय का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायत ले सबै को मेहनत का कारण विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएको बताए का थिए । नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालय को विकास मा आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । अभिभावक को बाक्लो उपस्थिति रहेको कार्यक्रममा कोरोना का कारण भौतिक दुरी सहित सुरक्षा का उपाय अवलम्बन गरिएको विद्यालय का सुचना अधिकारी रामबहादुर बानियाँ ले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि विद्यालय व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो ।