२०७७ चैत्र ३० , सोमवार

ज्योति साहित्य प्रतिष्ठानद्धारा १७१ औँ कविता शृङ्खला आयोजना

सुनाखरी न्युज/ काठमाडौं-
कोभिड १९ को महामारीलाई मध्येनजर राखेर भर्चुअल माध्यमबाट ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले १७१ औँ कविता शृङ्खला आयोजना गर्यो । यही मंसिर १९ गते शुक्रवार आयोजित यो कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि प्राज्ञिक व्यक्तित्व प्राध्यापक डा. माधव प्रसाद पोखरेल, विशिष्ट अतिथिहरू मन्जु काँचुली तिवारी , कृष्ण प्रधान , कृष्णप्रसाद श्रेष्ठ (रूस) रहनु भएको थियो ।

त्यस्तै अतिथि कविहरूः ‌रामबाबु सुवेदी, कलानिधि दाहाल , टंक भट्टराई ,ज्योति जंगल (बिराटनगर),जीविका अश्रु (गान्तोक), महेशराज खरेल (काठमाडौं) ,भैरवी भूगोल९नुवाकोट० ,गोकुल अधिकारी (बिराटनगर), गौरी तमु (पोखरा) ,निरु विन्दु (कालेबुङ) , लक्ष्मी रायमाझी खड्का (बिराटनग) ,सुशीला ढकाल अधिकारी (गोरखा), लक्ष्मीप्रसाद मिश्र (लमजुङ ), चन्द्रवती अधिकारी (कोहलपु) , निर्मल पराजुली (काठमाडौं), शर्मिला कार्की (पर्वत), सुमित्रा सुमी (नुवाको) , पूर्णप्रसाद पन्त (गोरखा) , रेणु घिमिरे (सिरहा) जगदिश्वर पोखरेल , गुप्तबहादुर श्रेष्ठ ,द्वारिका कुईकेल , चन्द्रा न्यौपाने ,बिमुन्स पौडेल ,लक्ष्मी बादल , सुधा मिश्र , विमल अर्याल , महेश खरेल , जगदिश्वर पोखरेल , राधिका गुरागाइँ , पूर्ण पन्त , शरिता भट्टराइ नेपाल , आर्त आकुलिन , रामेश्वर श्रेष्ठ आदि कार्यक्रममा आफ्नो उपस्थिति जनाएर उत्कृष्ट रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रम संचालन उषा आचार्यले गर्नु भएको थियो
प्रमुख अतिथि कृष्णप्रकाश श्रेष्ठ (रूस)ले रूसमा नेपाली साहित्य र लक्ष्मीप्रसाद देवकोटाका साथै बालकृष्ण समको रूससितको सम्बन्धका बारेमा चर्चा परिचर्चा गर्दै कविता वाचन गर्नु भएको थियो । विशिष्ट अतिथी मन्जु काँचुलीले वाचित रचनाहरुको समीक्षा गर्नु भएको थियो । प्रमुख अतिथि प्रा ।डा। माधवप्रसाद पोखरेलले वर्तमान जटिल परिस्थितिमा पनि विभिन्न ठाउँबाट कार्यक्रममा साहित्यिक सर्जकहरुलाई समेट्न सकेकोमा सिङ्गो संस्थाको भूमिका र योगदानलाई धन्यवाद व्यक्त गर्दै सभापति ज्यूको प्रशंसा गर्नु भयो । अन्त्यमा सभापति ज्यूले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै यस्तो संक्रमणको बेलामा पनि आफ्नो अमूल्य समय निकालेर रूस र भारतको कालेबुङ तथा सिक्किमबाट पनि स्रष्टा जोडिनु भएर कार्यक्रम सफल बनाइ दिनु भएकोमा धन्यवाद सहित एउटा कविता वाचन गर्नु भयो। ज्योति साहित्यिक प्रतिष्ठानले हरेक शुक्रबार साप्ताहिक रूपमा कार्यक्रम गर्दै आएको अवगत गराउँदै सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।