२०७७ माघ १५ , बिहिवार

आज पनि बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।