२०७८ बैशाख ८ , बुधवार

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

सुनाखरी न्युज/ काठमाडौँ –  नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेड लाई ग्रुप पीएसए, फ्रान्स (Groupe PSA, France) ले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ ।

 

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी बहु चर्चित छन । यी मध्ये साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ ।

 

हेमन्त गोल्छा, साँग्रिला मोटर्स प्रा.लि. का निर्देशक र अर्नाउड डचेमिन, उपाध्यक्ष, सेल्स एण्ड मार्केटिङ्ग, ग्रुप पीएसए, भारत तथा प्रसान्त क्षेत्र नेपालको लागि सिट्रोन ब्राण्डको अधिकृत विक्रेताको सम्झौता ।