२०७७ चैत्र ३० , सोमवार

नेता सुमनको सरकारलाई चेतावनी, अब हामी चुप लाएर बस्दैनौ

सुनाखरी न्युज/ काठमाडौं – गोर्खा नेविसंघका नेता सुमन पन्तले नेपाल सरकारको गलत प्रवृत्तिको घोर भत्सर्ना गरेका छन । सरकारले प्रहरीलाई नेकपा प्रहरी बनाउदै गएको उनको आरोप छ ।

 

आज मात्रै सासद अपहरणमा नाम मुछिएका कतिथ सासदको आदेशमा तनहुका सिडियो प्रहरी प्रमुख र निकम्मा राज्य सयंन्त्रको मिलोमतोमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता आदरणिय रामचन्द्र पौडेल माथि राज्यबाट जुन निकृष्ट व्यवहार देखाए त्यसको जति भृत्सना गरेपनि कम नै हुन्छ। राज्य सत्ताका आडमा गरिने यस्ता गैर चरित्र वन्द गर्न सरकार लाइ फेसबुक मार्फत चेतावनी दिनु भएको छ । साथै यस्ता काम वन्द नगरे ने वि संध चुप लागेर नबस्ने भन्नु भएको छ ।