२०७७ चैत्र ३० , सोमवार

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक कार्यक्रम

सुनाखरी न्युज/ पर्वत – पर्वत उद्योग वाणिज्य संघको सभाहलमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लैङ्गीक हिंसा सम्बन्धित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठको अध्यक्षता, प्रमुख अतितिमा कुश्मा न.पा. का उप प्रमुख सिता काफ्ले लामीछाने, स.प्र.बल.२५ नं गण हे.क्वा. पर्वतका स.प्र.उ. विजय कुमार के.सी, स.प्र.जि.अ विमल गौतम, कुश्मा न.पा. वडा नं. ४,५,६ र ७ का वडा अध्यक्षहरु, महिला विकास अधिकृत डिल कुमारी शर्मा, नेपाल महिला संघका कार्य वाहक सभापति मुना शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा लैङ्गीक हिंसा न्यूनीकरण गर्न हामी सबै तदारुकताका साथ हातमालो गर्दै अघि बढ्नु पर्छ, लैङ्गिक समानता नै समाजको विकासको पुर्वाधार बन्न सक्ने जस्ता कुराहरुलाई जोड दिईएको थियो ।