२०७७ माघ ७ , बुधवार

आज पनि बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगललबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो ।

 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।