२०७८ बैशाख ८ , बुधवार

लक्ष्मी हुण्डार्ईद्वारा “Click To Buy” सेवाको सुरुवात

 

सुनाखरी न्युज/ काठमाडौं – नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.लक्ष्मी हुण्डार्ईले हालकोविड–१९ को बद्लीदों परिस्थितीलाई सहजबनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो विक्री माध्यमको विकास गरेको छ। यस माध्यम मार्फत ग्राहकहरुले सम्पर्कविहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइन बाट आफुलाई चाहिएको हुण्डाई गाडीेखरिद गर्न सक्नेछन् ।

 

लक्ष्मी हुण्डाईले हालकोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरु लाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट “Click To Buy” सेवाको सुरुवातगरेका छ। ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहजबनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुलेआफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेकाविभिन्न रंगहरुको छनौट गरी खरिद गर्नसक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइन बाट कोटेशनजारी गर्नका साथै“Click To Buy” पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । येस्का साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनिप्रक्रियाअनलाइनमार्फतगर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकमतिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् ।

 

लक्ष्मी इन्टरकन्टिनेन्टलले, यदीग्राहकहरुले हुण्डाई “Click To Buy” प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा रु १०००० को सर्भिस भौचर प्रदान गर्ने छन् ।ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेकाकुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्रल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन् ।ग्राहकहरु लाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मिती बाट १ वर्षसम्म रहनेछ। हुण्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदैं आएका छ्। आफ्ना ग्राहकहरु लाई उत्कृष्ट र नौलो सेवा अनुभुती प्रदान गर्न लक्ष्मी हुण्डाई सधैं तत्पर रहेका छ।