२०७७ चैत्र ३० , सोमवार

विश्वराज पोखरेल एआइजीमा सिफारिस

सुनाखरी न्युज/ काठमाडौं – प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।

 

डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्ड एम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरवन्दी थप्ने निर्णय गरेको थियो।  गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्ड एमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।

 

बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ।