२०७७ चैत्र ३० , सोमवार

विज्ञापन बोर्डलाई पूर्णता

सुनाखरी न्युज/ काठमाडौं – सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका बानका अध्यक्ष चन्द्र न्यौपाने सहित पाँचजना सदस्यलाई नियुक्त नियुक्त हुनुभएको हो ।

 

बोर्डका अन्य सदस्यमा सामुदायिक रेडियो प्रशारक संघ एको¥यावका बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन, संचारकर्मी बलराम थापा हुनु्हुन्छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार संचार मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी नव नियुक्त सदस्यहरुलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको सरकारको पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । बोर्डको अध्यक्षमा संचार मन्त्रालयका सह सचिव डिल्लीराम शर्मालाई सरकारले यस अघिनै तोकिसकेको छ । यसैबीच संचार मन्त्री तथा संचार सचिवको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक सोमवार संचार मन्त्रालयमा बसेको थियो ।

 

बैठकले यही मंसिर २२ गते बसेर विज्ञापन ऐन २०७६ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताउनुभयो । विज्ञापन ऐन २०७६ले विज्ञापन बोर्डमार्फत् स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निमार्ण गर्ने र नियमन गर्ने दायित्व दिएको छ ।