२०७८ बैशाख ३ , शुक्रवार

इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोपमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाइ इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका ३ महाराजगन्ज बाट २ जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँ बस्ने २८ वर्षीय बिकेश लामा रहेका छन् ।

 

मङ्सिर ३ गते इन्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्याङ्करमा फल्स चेम्बर बनाइ इन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी गराएपछि ट्याङ्करका चालकहरू अजय र बिकेशलाई पक्राउ गरेको हो । पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाइ इन्धन लुकाइ भारत लगेर बेच्ने र आयल निगमलाई हानी नोक्सानी पुर्‍याइ ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।