२०७८ बैशाख ८ , बुधवार

साल्ट ट्रेडिङको शेयरमूल्य समायोजन

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

उकत कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ। आइतबार कम्पनीको शेयर ७५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।