२०७७ चैत्र ३० , सोमवार

साताको पहिलो दिन शेयर बजारमा सर्बाधिक कारोबार

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) सर्बाधिक कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको छ । कारोबार समय १० मिनेट बाँकी रहँदा नेप्सेमा साढे ८ अर्ब बढीको कारोबार भइसकेका छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा ७३.४७ अंकले बढेर एक हजार ९ सय ६६ दशमलब ७१ विन्दुमा पुगेको छ भने ८ अर्ब ६२ करोड बढीको कारोबार भएको छ । यसअघि मंसिर ११ गते नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख बढीको कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो ।