२०७७ चैत्र ३० , सोमवार

एफएनसीसीआईमा अञ्जन श्रेष्ठको शानदार जित

सुनाखरी न्युज/ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका महत्वपूर्ण पदमा किशोर प्रधान समूहका उम्मेद्वार वस्तुगततर्फको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले शानदार जित हासिल गरेका हुन् ।

 

वस्तुगततर्फको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले आफ्ना प्रत्यासी भन्दा झण्डै दोब्बर मतले जितेका हुन् । श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रत्यासी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका हुन् । अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान समूहका हुन् भने श्रेष्ठ चन्द्रप्रसाद ढकाल समूहका हुन् ।