२०७८ बैशाख ४ , शनिवार

भरुवा बन्दुक र बारूद सहित ५ जना पक्राउ

सुनाखरी न्युज/ नुवाकोट – विदुर नगरपालिका-८ पिडालूबारी जङ्गलबाट २ नाल भरुवा बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुद सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका-३ गोगने बस्ने २७ वर्षीय रविन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।