२०७८ बैशाख ४ , शनिवार

राप्रपा चुप लागेर वस्यो भने इतिहासले कहिले माफि दिने छैन : पाठक

जनकराज पाठक – राजा ज्ञानेन्द्रले सत्ता लिनुको असल नियत जनता लाइ वुझाउन नसक्नु को कारण एकातिर श्रृजित राजनीति र अव कहिले आफ्नो हातमा सत्ता नआउने र आफुहरु सुन्यमा हराउने गिरिजा प्र.को ठहर पछि तत्कालीन सरकारले आतंककारि घोषणा गरेको माओवादी र सडकमा छटपटाइ रहेका दलहरु लाइ भारत ले प्रतक्ष्य आफ्नो रेखदेखमा आफ‌ै साक्षि वसेर १२ वुदे सहमति गराइदिय पछि नेपाली राजनितीले ०६२/६३ वाट नया मोड लियको हो।

 

तत्कालीन माओवादी र केहि दलहरुको सहमति पश्चात सुरु भयको कथित जनआन्दोलन राजासंग भयको केहि सहमति मा टुंगियो।राजाले भयका सहमतिका सवै वुदाहरु पालना गरे भने अवसरवादी दलहरु ले राजालाइ धोखा दियर भयको सहमतिवाट पछाडि हटे पछि नेपालको गौरवसाली इतिहास वोकेको राजसंस्था कोपभाजनमा पर्यो र राजसंस्था निलम्बन को अवस्थामा छ। आन्दोलन जितहार मा टुगंीयको हैन।राजाले पुनस्र्थापना गरिदियको हाउसवाट राजनीतिक यात्रा थालेका दलहरुले अर्को शक्ति राजालाइ नै धोखा दिन वा निषेध गर्न मिल्छ? अर्काको अस्तित्व स्विकार नगरि तय गरियको राजनीतिक यात्रा ले पार पाउने त सम्भावना नै छैन। सदियौ देखि राजा,धर्म,संस्कृति, मानव समानतामा आधारित कुल परम्परा मान्दै आयका यत्रो संख्यामा रहेको नागरिकको आवाज लाइ स्थान नदिइ दवाउने प्रयास गर्ने हो भने विद्रोहको वादल पुन मडारिने पक्का छ। विदेशी ले गराइदियको आन्दोलन र त्यसको रापतापमा वनेको सरकार सरकार विरुद्ध केहि समय जनता चुप लागे भन्दैमा त्यत्रो इतिहास वोकेको राजसंस्था लाइ पाखा लायौ भनेर सोच्नु दलहरुको मुर्खता हो।

 

मुलुकमा अभिभावक को भुमिका निर्वाह गरिरहेको राजसंस्था लाइ निलम्बन गरेर त्यो स्थान दलका प्रतिनिधि लाइ दिलाउन खोज्नु यहाका भरिया दलहरुको कमजोरी हो। विदेशीले बोकाइदियका भारि वोकेर हिडने वानी परेका नेपालका राजनीतिक दलहरुलाइ राजाले शासन-शत्ता नदियको रिसको आवेगमा आयर कुन्ठा प्रदर्सन गर्दै राजसंस्थाकै विरुद्धमा लाग्नु र हचुवामा संघियताको वकालत गर्नु ले हालको राजनीतिक अवस्था श्रृजित भयको ह‍ो। निर्वाचन हुदैमा र निर्वाचनको परिणाम ले मात्र मुलुकलाई स्थाइत्व दिन्छ भन्ने मान्यता पनि गलत सावित भयको छ।झन्डै दुइतिहाइ मतको नेतृत्वमा वनेको केपि सरकार किन अाज सरकार र पार्टी संचालन गर्न उत्तरका कान्छि र दक्षिण का कान्छा का सहयोग को अपेक्षा गर्छन त ? यति धेरै मतले वनेको सरकार किन अस्थिर छ त?त्यस‌ैले निर्वाचन र त्यसको परिणाम नै सवै समस्या को समाधान हैन। आज देशका विभिन्न भागमा स्वतस्फूर्त किन ठुलो संख्यामा युवाहरु राजसंस्था पुनस्र्थापन गर भन्दै सडकमा निस्किरहेका छन ? हिजो षड्यन्त्र वाट निलम्बनमा पारियको राजसंस्था लाइ पुनःस्थापना गराउन देशभरि उठिरहेको आवाज लाइ सम्वोधन गर्ने कि नगर्ने ?

यस्ता जनआवज लाइ वेवास्था गर्ने अथवा दवाउन खोजियो भने जनता ले सडकको साथ वाट सत्ता परिवर्तन गरेका इतिहास हामि सामु नै छ।अहिले उठिरहेको जनआवज लाइ वेलैमा सम्वोधन गरेर अवतरण गराइयन भने सरकार त केहि हैन व्यवस्था नै परिवर्तन हुन्छ भन्ने सोच्नु गलत हुदैन । यहि संविधान ले दिन सक्ने हिन्दु राष्ट्र र राजसंस्था लाइ वेवास्था गरियो भने भोलि व्यवस्था गयपछि पछुताउनु पर्ने निश्चित छ। यतिवेला देशमा केहि असंगठित शक्ति,वा विभिन्न नाममा राजसंस्था स्थनपनाको निमित्त क्रियासिल संघ,संस्था र संगठन लाइ अव व्यस्थित र एकढिक्का वनाउदै राप्रपा ले आन्दोलन को नेतृत्व गर्नु पर्छ।मुलुकको लामो राजनीतिक इतिहासमा आफुलाइ इमानदारी पुर्वक उभ्याउन सफल पशुपतिशमशेर जवरा,डा.प्रकाशचन्द्र लोहनी र कमल थापा ले आन्दोलन को नेतृत्व गर्दै त्यसलाई निष्कर्षमा पुराउनु पर्छ। कस‌ैले रोक्नै नसक्ने राजसंस्था सहितको हिन्दुराष्ट्र पुनःस्थापना पछि फेरि पनि सवैको अस्तित्व लाइ स्विकार्दै सहमति र सहकार्यका साथ राप्रपा अगाडि वढनु पर्छ। हिन्दुराष्ट्र,राजसंस्था र राप्रपा विच अन्नयोश्रित सम्वन्ध रहिअायको छ त्यसैले यो माहाअभियान लाइ सार्थकता दिन राप्रपा ले आफ्ना सवै तपसिलका विषय लाइ पर सारेर आन्दोलन लाइ अर्जुन दृष्टि ले हेर्नु पर्ने ाजको आवस्यकता हुन आउछ। आज राप्रपा चुप लागेर वस्यो भने इतिहासले कहिले माफि दिने छैन आगे नेताज्यु हरुको मर्जी।