२०७७ चैत्र २९ , आइतवार

राप्रपाका अध्यक्ष डा.लोहोनीको टिप्पणी : संबिधानमा केहि परिवर्तन गरौ

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले संबिधानमा केहि परिवर्तन गर्नु पर्ने बताएका छन् । उनले आज सामाजिक संजाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष लोहनीले यि कुरामा सुधार गर्नु पर्ने बताएका छन् ।

 

भुतपुर्ब माओबादी र यसको सफाया सिद्धान्त का जोड्दार प्रवर्तक, बिचमा तटस्थ, अनि नेपाली कांग्रेस समर्थित नेता, र हाल फेरि अर्को पार्टीका नेता सम्माननीय पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराईको भनाइ आज फेसबुकमा पढदा मेरो टिप्पणी :

(१)कसैलाई मन परेन भने उसलाई गाली गर्न मन लागे सब्द चयन मा विचार गर्न मेरो अनुरोध। नेपाल मा गोबर घर मा रहेको किटाणु नियन्त्रण गर्न प्रयोग हुन्छ । गोर्खा बासि लै यो थाहा हुनु पर्छ। त्यसैले यो सग नडराऊ। ठिक तरिका ले प्रयोग गरे यसले देस मा थिरता र देस को स्वास्थ सुधार गर्न लै बल दिन्छ ।

(२) गिलास आधा भरिएको भनाइ पुरा सत्य होइन गिलास आधा रित्तो छ र जुन गति मा देस गैरहेछ तो कायम रहे गिलास चाडै पुरै रित्तो हुनेछ र देस को अस्तित्व संकट मा पर्नेछ यो थिति आउना नदिन युवा हरु सक्रिय हुनु जरुरि भै सकेको छ।

(३) आफ्नो राजनैतिक जिबन मा कुन स्याल र ब्वासो भन्ने बाबुराम जी लाई थाहा रहेछ। धेरै वर्ष बाहिर बस्दा यो बुझ्नु भएको रहेछ। त्यसैले अब सबै मिलेर संबिधान मा सुधार गरौ। संबिधान भित्र रहने राजसंस्था कायम गरौ। धर्म निरिपेक्ष्यता को नाम मा र बिदेशी पैसा को बल मा देस मा व्यापक धर्म परिबर्तन को अभियान मा रोक लगाऊ र नेपाल को हिन्दु राष्ट्र पहचान कायम गरौ।

(४) भ्रस्टाचार माथि निर्मम प्रहर गरौ ।

यी कम गर्न संबिधानमा केहि परिवर्तन गरौ ।

 

लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिको मात्र नभई आर्थिक क्षेत्रका समेत चर्चित ब्यक्ति हुन् । राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् ।