२०७८ बैशाख ३ , शुक्रवार

भारतीय विदेश सचिवले भने : नेपाल–भारतबीच सशक्त सहकार्य आवश्यक

सुनाखरी न्युज/ काठमाडौँ – भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका छन् । एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंरै सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले सम्बोधनको सुरुमै भने,‘मैले यो सुन्दर शहरको धेरै चोटी भ्रमण गरिसकेको छु । तर, विदेशसचिवको रुपमा यो मेरो पहिलो भ्रमण हो । कोभिडले गर्दा भ्रमणमा ढिलाई भयो ।’ उनले दशकौंपछि भएको आफ्नो नेपाल भ्रमणमा धेरै परिवर्तन भएको देखेको पनि सुनाए । नेपालमा सामाजिक, सांस्कृति र आर्थिक विकास भएको कुरा उनले उल्लेख गरे । उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा धेरै आयाम रहेको सुनाउँदै दुवै देशबीच सामाजिक सांस्कृतिक, धार्मिक र जनस्तरको सम्बन्ध प्रगाढ रहेको बताए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमै भारतको लागि छिमेकी पहिलो र प्राथािमकतामा राखेकोले सोहीअनुसार आफूहरुले नेपालसँग सुदृढ सम्बन्ध राखेको बताए । उनले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए।