२०७७ चैत्र ३० , सोमवार

डेरी पेशालाई अगाडि बढाउन सङ्घर्षरत घिमिरे

सुनाखरी न्युज/ काठमाडौँ – न्युकोलनी सुकेधारा काठमाडौ मा रहेको पलाञ्चोक डेरी उद्योगले विभिन्न धार्मिक तथा शुभ कार्यका लागि आवश्यक पनिर, दूध, दही, चिज, नौनी,खुवा,घ्यू , बटर मिठाई लगायत सम्पूर्ण दुग्ध जन्य पदार्थ उत्पादन तथा सरल सुलभ मुल्यमा बिक्रीवितरण गर्दै आईरहेको छ । झण्डै एक दशकदेखि निरन्तर रुपमा डेरी पेसा लाई अगाडि बढाउन सफल संचालक घिमिरेले काठमाडौंका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा आफ्नो उत्पादनहरु बिक्रीवितरण गर्दै आफ्नो व्यवसाय लाई अगाडि बढाउन सफल भएका छन् ।

 

अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारणले आफ्नो पेसामा पनि निकै ठूलो असर परेको संचालक घिमिरेको गुनासो छ । नेपाल डेरी एसोसियसनमा आबद्ध रहि घिमिरेले साना तथा मझौला खालका डेरी उद्योगहरुमा विशेष खालको उपयोगी कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनको लागि नेपाल डेरी एसोसियसन ले सरकारसँग ताकेता गरिरहेको पनि जानकारी गराएका छन्