२०७८ बैशाख ८ , बुधवार

तीन लाख सहित ७ जुवाडे पक्राउ

सुनाखरी न्युज/  मोरङ – मोरङको उर्लावारी नगरपालिमा एक घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उर्लावारी ९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीले उर्लावारी ९ वाट ३ लाख २५ हजार १५ सय ५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका ५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेको प्रदेश प्रहरी कार्यलय विराटगरले जनाएको छ । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।