२०७८ बैशाख ३ , शुक्रवार

सुनको मूल्यमा गिरावट

gold_down

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली बजारमा बिहिबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।