२०७८ बैशाख ८ , बुधवार

राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ३२ करोड राख्ने

सुनाखरी न्युज/काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ३२ करोड रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्न लागेको हो ।

 

रकम लगानीका बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ मंसिर २९ गतेसम्म रहेको छ ।

 

लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब पाँच करोड ६० लाख, बिकास बैकहरुको लागि १९ करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेको पाँच बर्ष पुरा भएको, निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।