२०७७ चैत्र ३१ , मंगलबार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं – केहि दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज स्थिर रहेको छ । आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।