२०७८ बैशाख ८ , बुधवार

नेलम्बो नेपालद्धारा पोखारा १८ र माछापुच्छ्रेको सार्दीखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं – नेलम्बो नेपालले आज एक छुट्टा छुट्टै कार्यक्रम बीच पोखरा महानगरपालीका वडा नं १८ सराङ्गकोट र माछापुच्छ्रे गाउँपालिका वडा नं २ सार्दीखोलामा रहेको स्वास्थ्य चौकीलाई कोभिड १९ को महामारीमा सहजग भई दैनिक कार्य संचालन गर्न स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

 

नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं १८ सराङ्गकोटलाई पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड, थर्मल गन, डिउरासेल ब्याट्री लगायतका करिब ७४ हजार रुपैया बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरुे नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले पोखरा महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष रण बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा धन्यवाद दिदै वडा अध्यक्ष थापाले नेलम्बो नेपाल यो महामारीमा मात्र नभई विगत वर्ष देखि नै यस वडा कार्यालय भित्र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आई रहेको र कोभिड १९ को महामारीमा यी उपलब्ध स्वास्थ्य सामग्रीहरुले यहाँको वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरुमा सर्तकता अपनाई दैनिक कार्य सञ्चालन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रति नेलम्बो नेपाललाई आभार प्रकट गर्नु भयो । नेलम्बो नेपालको हरेक सहयोग गुणस्तरीय र विश्वसनीय रहेको पनि उल्लेख गर्नु भयो ।

 

त्यस्तै गरी आजै नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिकाको वडा नं २ सार्दीखोला स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड र हेड कभर गरी करिब रु ३४,५०० बराबरको स्वास्थ्य सुरक्षका साग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले माछापुच्छ्रे गाउँपालिकाको वडा नं २ का वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल आफ्नो नियमित कार्यक्रम शिक्षा, स्वास्थ्य र वतावरण सँगै हरेक विपतिमा सहयोग गर्दै आई रहेको र कोरोना भाईरस कोभिड १९ पनि तिब्र गतिमा फैलिरहेको हुदाँ त्यसबाट केही सजग भई स्वास्थ्य सावधानी अपनाएर सुरक्षित तवरबाट कार्यहरु सञ्चालन गर्न सहयोग पुगोस भन्ने हेतुले यी सामग्रीहरु हस्तान्तरण गरेको कुरा अवगत गराउनु भयो । साथै सवै जनाले आ—आफ्नो ठाउँबाट सर्तकता अपनाएको खण्डमा कोरोना महामारीबाट बच्न सक्ने अभिव्यक्ति प्रकट गर्नु भयो ।

 

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङ्गले नेलम्बो नेपालले विभिन्न ठाउँमा कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको कुरा सञ्चार माध्यमबाट जानकारी पाएको आज आफ्नै वडामा आएर आफुले सहयोग पाउँदा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा पनि नेलम्बो नेपाल संस्था सगँ आफ्नो वडा सहकार्य गरेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।